भारतमा बस दुर्घटना, ७ जनाकाे मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली

भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन्।

प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको थियो। 

बुधबार राति करिब ३.३० बजे उक्त दुर्घटना भएको थियो। घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ। 

भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४०० भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। 
 

प्रकाशित मिति: : 2020-01-30 02:29:39

प्रतिकृया दिनुहोस्