ए डिभिजन लिग: मनाङ र संकटा आमने सामने हुँदै

शहीद स्मारक ए डिभिजन लिगको नवौं चरणमा साविक विजेता मनाङ र उपविजेता संकटा क्लब आमने सामने हुँदैछन्।

बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने एक मात्रै खेल दिउँसो ३ बजे सुरु हुनेछ।

लिगको ६१ औं खेलमा दुबै टिम जित निकाल्न चाहन्छ। अंक तालिकामा यथास्थितिमा रहन जित्नैपर्ने दबाब रहेको छ।  

संकटा मनाङको अपराजित यात्रालाई राक्न चाहन्छ।

लिगमा ८ खेल खेलेको संकटाको १२ अंक रहेको छ। ३ जित निकालेको संकटा आठौं स्थानमा छ। मनाङलाई पराजित गरेको खण्डमा संकटा पाँचौं स्थानमा उक्लने छ।

प्रकाशित मिति: : 2020-01-29 19:58:45

प्रतिकृया दिनुहोस्