टोटनहृयामद्धारा सेल्सोसँग नयाँ सम्झौता

 इंग्लिस कल्ब टोटनहृयामले मिडफिल्डर जियोभानी लो सेल्सोसँग थप सम्झौता गरेको छ। मिडफिल्डर क्रिष्टियन इरिक्सन इन्टर मिलानमा अनुबन्धित भएसँगै कल्बले  सेल्सोसँगको सम्झौता थप लम्बाएको हो।

नयाँ सम्झौता अनुसार लोनबाट टोटनहृयाममा खेलिरहेका सेस्लोले २०२५ सम्म खेल्नेछन्।

अर्जेन्टिनाका मिडफिल्डर सेल्सोलाई टोटनहृयामले स्पेनिस क्लब रियल बेटिसबाट २७.२ मिलियनमा अनुबन्ध गरेको हो।

सेल्सो सन् २०१९ को अगस्टमा लोनमा टोटनहृयाम आएका थिए।

यस सिजन टोटनहृयामका लागि २० खेलमा सेल्सोले २ गोल गरेका छन्।

प्रकाशित मिति: : 2020-01-29 19:49:04

प्रतिकृया दिनुहोस्