हिरो इन्डियन वुमन्स लिग: गोकुलमको लगातार दोस्रो जित,सावित्रा एक्लैले गरिन् ५ गोल

बिएल संवाददाता

काठमाडाै‌ं

हिरो इन्डियन वुमन्स लिगमा गोकुलम केरलाले लगातार दोस्रो जित हात पारेको छ ।

बैंगलोर पुटबल स्टेडियममा मंगलवार भएको खेलमा गोकुलमलले केन्क्रे एफसीलाई १०–१ ले पराजित गरेको हो ।  गोकुलमलको जितमा नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारीले एक्लैले ह्याट्रिकसहित पाँच गोल गरिन्। करिस्मा शिर्भोइकरले ह्याट्रिक गरिन् भने मनिसाले दुई गोल गरिन्। 

सावित्राले खेलको सातै मिनेटमै पहिलो गोल गरेकी थिइन् ।

यस्तै १९औं मिनेटमा दोस्रो गोल गरेकी सावित्राले पहिलो हाफको इन्जुरी टाइममा ह्याट्रिक पूरा गरिन् ।

 यस्तै ४८औं र ६१औं मिनेटमा गोल गरिन् ।

गोकुलमका लागि करिस्माले पनि ह्याट्रिक गरिन् । उनले खेलको तेस्रो मिनेट १७औं र ५१औं मिनेटमा गोल गरिन् । यस्तै मनिसाले २०औं र ३०औं मिनेटमा गोल गरिन् ।

लगातार दोस्रो जितपछि गोकुलम समूह बी मा ६ अंकसहित शीर्ष स्थानमा उक्लेको छ ।

प्रकाशित मिति: : 2020-01-29 06:31:35

प्रतिकृया दिनुहोस्