ए डिभिजन लिग: एपीएफमाथि पुलिसकाे साँघुरो जित

बिएल संवाददाता

काठमाडाै‌ं

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस कल्बले साँघुरो जित निकालेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसले एपीएफलाई १–० गोल अन्तरले पराजित गरेको हो।

पुलिसको जितमा भोलानाथ सिलवालले निर्णायक गोल गरे। खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बनेको हो। 

एपीएफका खेलाडीले भरत साहलाई फउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै उनले पुलिसलाई जित दिलाएका हुन्।

जितसँगै पुलिस लिगमा शीर्ष ६ मा उक्लिएको छ। लिगमा ४ खेल जितेको पुलिसकाे १४ अंक छ।

लिगमा १ जित सहित ५ अंक जोडेको एपीएफ तालिकाको १३ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-01-28 03:16:36

प्रतिकृया दिनुहोस्