ए डिभिजन लिग: पुलिस र एपीएफ तथा थ्रीस्टार र मछिन्द्र भिड्ने

शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार दुई खेल हुदैछ।

पहिलो खेल विभागीय पुलिस र एपीएफ भिड्नेछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्न १२ बजे सूरु हुनेछ।

लिगमा रेलिगेशन जोनको नतिज रहेको एपीएफ पुलिसलाई हराउँदै कम्तिमा तालिकामा सुधार गर्न चाहन्छ। एपीएफ पुछारको टोली सरस्वतीभन्दा ४ अंकले माथि छ।

पुलिस भने शीर्ष ८ मा रहेको छ। उसले लिगमा शीर्ष ६ को लक्ष्य राखेको छ।


लिगमा तीन खेल जितेको पुलिस ११ अंक सहित तालिकाको आठौं स्थानमा छ। लिगमा १ जित सहित ५ अंक जोडेको एपीएफ तालिकाको १३ औं स्थानमा रहेको छ।

दिनको दोस्रो खेलमा उपाधि होडमा रहेका मछिन्द्र र थ्री स्टार भिड्नेछन्। दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। 

थ्री स्टारलाई पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा फर्कन चाहन्छ। यता, थ्री स्टार पनि मछिन्द्रलाई पराजित गर्दै पहिलो पटक शीर्ष स्थानमा उक्लिन चाहन्छ।

मछिन्द्रलाई पराजित गरे थ्री स्टार हेड टुु हेडका आधारमा शीर्ष स्थानमा पुग्नेछ।

मछिन्द्र १६ अंक तालिकाको दोस्रो स्थानमा छ। थ्री स्टार १४ अंक सहित चौथो स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-27 21:05:54

प्रतिकृया दिनुहोस्