राेनाल्डाेले गाेल गरेकाे खेलमा युभेन्ट्स पराजित

इटालियन सिरी ए मा युभेन्ट्स पराजित भएको छ।

नापोलीको मैदानमा भएको खेलमा युभेन्ट्सलाई २–१ गोल अन्तरले हारेको हो। नोपोलीका लागि पिटर जिलिन्स्की र लोरेन्जो इन्सिग्नेले एक एक गोल गरे। यता युभेन्ट्सको लागि एक गोल क्रिस्टियानो रोनाल्डोले गरे।

नापोलीका लागि ६३औँ मिनेटमा जिलिन्स्कीले पहिलो अग्रता दिलाएका थिए। खेलको ८६औँ मिनेटमा इन्सिग्नेले गोल गर्दा नापोलीले अग्रता दोब्बर बनायो।

९०औँ मिनेटमा रोनाल्डोले गोल गरे पनि हार भने टार्न सकेनन्। 

इटालियन सिरी ए मा रोनाल्डो लगातार आठ खेलमा गोल गर्ने खेलाडी बनेका छन्।

युभेन्ट्सको ५१ अङ्क छ भने दोस्रो स्थानको इन्टरमिलानको ४८ अङ्क छ। 

इन्टर मिलान काग्लिअरीसँग बराबरीमा रोकिएको थियो। नापोली भने २७ अङ्कसहित १०औँ स्थानमा छ।

प्रकाशित मिति: : 2020-01-27 20:02:18

प्रतिकृया दिनुहोस्