साँघुरो जित निकाल्दै मड्रिड शीर्ष स्थानमा, बार्सिलोनासँग तीन अंकको अग्रता

स्पेनिस ला लिगामा साँघुरो जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ।

रियल भालाडोलिडको घरेलु मैदानमा आइतबार राति भएको १–० को  साँघुरो जित निकाल्दै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफमा एक गोल भएको थियो।

खेलको ७८ औं मिनेटमा टोनी क्रुसको पासलाई सदुपयोग गर्दै नाचोले मड्रिडलाई महत्वपूर्ण तीन अंक दिलाए। 

शीर्ष स्थानको रियलको २१ खेलबाट ४६ अंक छ। उसले दोस्रो स्थानको बार्सिलोनासँग तीन अंकको अग्रता लिएको छ। भालाडोलिड २२ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थानमा माथि छ।
 

प्रकाशित मिति: : 2020-01-27 19:53:04

प्रतिकृया दिनुहोस्