आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोट

बिएल संवाददाता

नयाँदिल्ली

भारतमा गणतन्त्र दिवसकै दिन आइतबार बिहान पूर्वोत्तर भारतीय राज्य आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोटन भएका छन्। यी बिस्फोटहरु राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा भएको अधिकारीहरुले बताएका छन्।

डिब्रुगढ प्रहरीका अनुसार डिब्रुगढको ग्राहाम बजार र एटी रोड नजिकको गुरुद्वारा नजिक बिस्फोट भएका हुन्। अर्को बिस्फोट डुलियाजानमा भएको थियो।

चराइदेओ जिल्लाको टिओक घाट नजिकै बिस्फोट भएको प्रहरीले जनाएको छ। राज्यका वरिष्ट प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेका र अनुसन्धान शुरु भएको छ। उक्त बिस्फोटबाट मानवीय वा अन्य क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ। 
 

प्रकाशित मिति: : 2020-01-27 02:34:04

प्रतिकृया दिनुहोस्