प्रधानमन्त्री मोदी र ब्राजिलका राष्ट्रपति बोल्सोनारोबीच ११ बुँदे सम्झौता

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री नरेन्द्र मोदी र ब्राजिलका राष्ट्रपति जाएर मेसियस बोल्सोनारोबीच ११ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ।

नयाँदिल्लीमा भएको सम्झौताहरूमा स्वास्थ्य, जैवीक ऊर्जा, सांस्कृतिक आदानप्रदान, भू–गर्भ तथा खनिज संसोधन लगायत महत्वपूर्ण क्षेत्रहरू सामेल छन्। साइबर सुरक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा पनि सम्झौता भएको छ। ब्राजिलका राष्ट्रपतिको भ्रमणबाट थप दुई वटा सम्झौतामा हस्ताक्षर गरिएको हो।

वार्तापछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति बोल्सोनारोको भारत भ्रमण दुवै देशबीच बढ्दो सम्बन्धको उदाहरण भएको बताए। उनले राष्ट्रपति बोल्सोनारो यस वर्ष गणतन्त्र दिवस समारोहमा मुख्य अतिथि हुनु गर्वको विषय भएको बताए। 

प्रधानमन्त्री मोदीले भारत–ब्राजिल कूटनीटिक सम्बन्ध साझा आदर्शहरूमाथि आधारित भएको बताए। उनले दुवै देशले कैयौँ अन्तर्राष्ट्रिय मञ्चहरूमा मिलेर काम गरेको र एक–अर्कोको विकास यात्रामा सहभागी भएको जनाए। मोदीले रक्षा उद्योगमा सहयोग बढाउन ध्यान केन्द्रीत गरिरहेको समेत बताएका छन्।

प्रधानमन्त्रीले ब्राजिल र भारतको आर्थिक रूपान्तरणमा महत्वपूर्ण सहभागी भएको समेत स्पष्ट पारे। उनले द्विपक्षीय व्यापारमा वृद्धिको उच्च संभावना रहेको पनि जनाए । विकासशील देशको रूपमा भारत र ब्राजीलले आतङ्कवादसहित बहुपक्षीय मामिलाहरूमा समान दृष्टिकोण राख्ने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2020-01-26 05:01:19

प्रतिकृया दिनुहोस्