कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको सङ्ख्या ४१ पुग्याे

चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ। चीनको हुवेई प्रान्तमा १५ जना संक्रमितको पनि मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बढेको हो। मृत्यु हुनेमध्ये धेरै ४८ देखि ८९ वर्ष उमेरका व्यक्ति रहेको पनि जनाइएको छ।

शनिबार बिहानसम्म १ हजार २ सय ८७ मानिसलाई कोरोनाको संक्रमण भएको पुष्टी भएको छ।

कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सबै सार्वजनिक यातायात बन्द गरिए पनि संक्रमण रोकिएको छैन। बरु अझ फैलदै गएकोमा चीन सरकार चिन्तित बनेको छ। कोरोनाका संक्रमितको संख्या समेत बढ्दै गएको छ। उनीहरुको अवस्था समेत चिन्ताजनक भएको बिबरणहरु सार्बजनिक भएका छन। 

चीनका विभिन्न २५ प्रान्तमा यो भाइरसको संक्रमण फैलिएको छ। स्थानीय प्रशासनले जङ्गली जनावर र पशु बजारका क्षेत्रमा कडाई गर्न निर्देशन दिइएको बताएको छ। यसका साथै मानिसहरुको बढी आवतजावत हुने विमानस्थल, बसपार्क र रेलमार्ग स्टेसनमा पनि स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको अधिकारीहरुले जानकारी दिएका छन्। 

कोरोना भाइरसको प्रकोप बढेसँगै बेइजिङ र हङकङले केही ठूला चाडपर्वहरुको आयोजना रद्द गरेका छन्। चिकित्सकहरुले यो भाइरस मानिसबाट मानिसमा सर्न सक्ने बताएपछि मानिसको ठूलो भिड एकसाथ भेला हुन रोक लगाइएको हो। 

अमेरिकाले कोरोना भाइरसको दोस्रो संदिग्ध घटनामा अनुसन्धान भइरहेको बताएको छ। जापानको राजधानी टोकियोमा पनि एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्। यस्तै दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा पनि यस संक्रमणका एक–एक जना भेटिएका छन्।

प्रकाशित मिति: : 2020-01-25 20:53:38

प्रतिकृया दिनुहोस्