भारतीय क्रिकेटमा मुम्बईका ५ खेलाडी

अहिले फेरि मुम्बैया क्रिकेटको असर भारतीय क्रिकेट टिममा देखिन थालेको छ। गत मंगलबार न्युजिल्यान्डविरूद्ध आगामी एकदिवसीय शृंखलाका लागि १६ सदस्यीय भारतीय टिमको घोषणा गर्दा ५ खेलाडी मुम्बईबाट पर्न सफल भएका थिए।  टिममा उपकप्तान रोहित शर्मालगायत अर्का प्रारम्भि

अहिले फेरि मुम्बैया क्रिकेटको असर भारतीय क्रिकेट टिममा देखिन थालेको छ। गत मंगलबार न्युजिल्यान्डविरूद्ध आगामी एकदिवसीय शृंखलाका लागि १६ सदस्यीय भारतीय टिमको घोषणा गर्दा ५ खेलाडी मुम्बईबाट पर्न सफल भएका थिए।  टिममा उपकप्तान रोहित शर्मालगायत अर्का प्रारम्भिक ब्याट्सम्यान पृथ्वी शाँ, मध्यक्रमका ब्याट्सम्यान श्रेयष अय्यर, अलराउन्डर शिवम दुबे

कुनै बेला यस्तो थियो, भारतीय क्रिकेट टोलीमा ९ जनासम्म मुम्बईका खेलाडी छनोट हुन्थे। तर, बीचको दशकमा मुम्बईबाट भारतीय टिममा प्रतिनिधित्व गर्ने खेलाडीको संख्या घट्दै गयो। 

अहिले फेरि मुम्बैया क्रिकेटको असर भारतीय क्रिकेट टिममा देखिन थालेको छ। गत मंगलबार न्युजिल्यान्डविरूद्ध आगामी एकदिवसीय शृंखलाका लागि १६ सदस्यीय भारतीय टिमको घोषणा गर्दा ५ खेलाडी मुम्बईबाट पर्न सफल भएका थिए। 

टिममा उपकप्तान रोहित शर्मालगायत अर्का प्रारम्भिक ब्याट्सम्यान पृथ्वी शाँ, मध्यक्रमका ब्याट्सम्यान श्रेयष अय्यर, अलराउन्डर शिवम दुबे र मध्यगतिका बलर शार्दुल ठाकुर छनोट भएका छन्। उनीहरू मुम्बईबाट खेल्छन्। यद्यपि आइपिएलमा उनीहरूको टिम बेग्लै छ। 

मुम्बईपछि राजधानी दिल्लीका तीन खेलाडीले टिममा स्थान बनाएका छन्। ती हुन्, कप्तान विराट कोहली, विकेटकिपर ऋषभ पन्त र नवदीप सैनी। 
 

प्रकाशित मिति: : 2020-01-24 22:45:40

प्रतिकृया दिनुहोस्