एटलेटिको मड्रिड कोपा डेल रे बाट बाहिरियाे

एटलेटिको मड्रिड कोपा डेल रे बाट बाहिरिएको छ। 

बिहिबारको भएको खेलमा तेस्रो श्रेणीको कल्चरल लिओनेसासँग २–१ गोल अन्तरले पराजित भएसँगै एटलेटिको प्रतियोगिताबाट बाहिरिएको हो।  

घरेलु टोली  लिओनेसाले एटलेटिकोलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो। खेलको ६२ औं मिनेटमा एन्जल कोरियाले गोल गर्दै एटलेटिकोलाई अग्रता दिलाए।

खेलको ८२ औं मिनेटमा जुलेन कास्टेनादाले गोल गर्दै लिओनेसालाई बराबरीमा ल्याए। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १ सय ८ औं मिनेटमा सर्जियो बेनिटोले गोल गर्दै लिओनेसालाई अनपेक्षित जित नजिक पुर्याए।

प्रकाशित मिति: : 2020-01-24 20:07:31

प्रतिकृया दिनुहोस्