युभेन्ट्स कोपा इटालीयाकाे सेमिफाइनलमा

युभेन्ट्स कोपा इटालीयाकाे सेमिफाइनलमा प्रवेश गरेको छ। 

बुधबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

युभेन्ट्सको जितमा स्टार खेलाडी क्रिष्टीयानो रोनाल्डाे, रोड्रिगो बेन्टेनक्युर र लियोनार्दो बोनुकीले समान एक–एक गोल गरे।

खेलको २६ औं मिनेटमा युभेन्ट्सका लागि रोनाल्डोले गरे। यो गोलसँगै उनले क्लबका लागि पछिल्ला १० खेलमा गरेको १३ गोल पुगेको छ।

३८ औं मिनेटमा बेन्टेनक्युरले अग्रता दोब्बर बनाए। यस्तै पहिलो हाफको अतिरिक्त समयमा बोनुकीले गोल गर्दै टीमलाई ३–० को जित दिलाए।

प्रकाशित मिति: : 2020-01-23 21:13:30

प्रतिकृया दिनुहोस्