सावित्राको दुई गोलसँगै गोकुलम आई लिगका लागि छनोट

बिएल संवाददाता

नयाँ दिल्ली

राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला एफसी महिला भारतीय (आई) लिगका लागि छनोट भएको छ।

२ लेगको छनोटमा एफसी अलकापुरालाई समग्रमा पराजित ९–१ गर्दै गोकुलम चौथो संस्करणको आइलिगका लागि छनोट भएको हो। बुधबार भएको दोस्रो लेगमा सावित्राले २ गोल गरेपछि गोकुलमले अलकापुरालाई ८–१ ले हराएको थियो।

कमलाले ह्याट्रिक गरेको उक्त खेलमा दयाले २ गोल र मनिषाले १ गोल गरेकी थिइन्। आइतबार भएको पहिलो खेलमा गोकुलम १–० ले विजयी भएको थियो। सावित्रा मंगलबार मात्रै त्यसतर्फ प्रस्थान गरेकी थिइन्।

बंगलुरुस्थित बैंगलोर फुटबल रंगशालामा फागुन २ गते सम्म चल्ने आइ लिगमा गत वर्ष जस्तै १२ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई २ समूहमा विभाजन गरि राउन्ड रोविन लिग र त्यसमा शीर्ष २ मा पर्ने टोली सेमिफाइनलमा पुग्नेछन्।

नेपालकी अनिता बस्नेत सम्मिलित सेथुसहित बारोडा फुटबल एकेडेमी, बिबिके एफसी, एफसी कोहलपुर सिटी र किक स्ट्राट एफसी समूह ‘ए’ मा छन्।

यस्तै सावित्रा सम्मलित गोकुलमसहित समूह ‘बी’ बैंगलोर युनाइटेड एफसी, विदेश ११ एफसी, ओडिसा पुलिस एफसी, केन्क्रे एफसी, श्री भूमि एफसी छन्। 

प्रकाशित मिति: : 2020-01-23 20:06:18

प्रतिकृया दिनुहोस्