रोहितको नाममा अर्को कीर्तिमान, अमला र सचिन पछाडि परे

३२ वर्षका रोहितले १ सय ३७ इनिङमा ७ हजार रन पुरा गरेका थिए। यसका लागि अमलाले १ सय ४७ र सचिनले १ सय ६० इनिङमा ७ हजार एकदिवसीय रन पुरा गरेका थिए। 

एजेन्सी

मुम्बई

प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा भारतीय उपकप्तान रोहित शर्माले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन्। उनले एकदिवसीयमा दक्षिण अफ्रिकाका हासिम अमला र भारतका सचिन तेन्दुलकरलाई पछि पार्दै प्रारम्भिक ब्याट्सम्यानको रूपमा सबैभन्दा छिटो ७ हजार रन पुरा गर्ने कीर्तिमान बनाए। 

अस्ट्रेलियाविरूद्ध जारी दोस्रो एकदिवसीयमा रोहितले १८ रन पुरा गरेपछि यो कीर्तिमान बनेको हो। उनी ४२ रन बनाएर आउट भए।

३२ वर्षका रोहितले १ सय ३७ इनिङमा ७ हजार रन पुरा गरेका थिए। यसका लागि अमलाले १ सय ४७ र सचिनले १ सय ६० इनिङमा ७ हजार एकदिवसीय रन पुरा गरेका थिए। 

रोहित एकदिवसीयमा ९ हजार रनको नजिक पनि पुगेका छन्। उनले मध्यक्रममा ब्याटिङ गर्ने क्रममा करिब २ हजार रन पनि बनाएका थिए।

रोहित सन् २०१३ देखि प्रारम्भिक ब्याट्सम्यानको भूमिका निर्वाह गर्दै आइरहेका छन्। उनी एकदिवसीयमा तीन पल्ट दोहोरो सतक बनाउने एक मात्र ब्याट्सम्यान हुन्। 
 

प्रकाशित मिति: : 2020-01-18 05:01:31

प्रतिकृया दिनुहोस्