ए डिभिजन लिग: आजदेखि सातौं चरणका खेल सुरु हुँदै, पहिलाे खेलमा मछिन्द्र र हिमालयन शेर्पा भिड्ने

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारबाट सातौं चरणका खेल सुरु हुँदैछ।

तालिका अनुसार आज पहिलो दिन एकमात्र खेल मात्रै हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

एन्फाका अनुसार आज दिउँसो ३ बजे मछिन्द्र क्लबले दशरथ रंगशालामा हिमालयन शेर्पा क्लबसँग खेल्ने छ।

लिगको एकमात्र अपराजित टिम मछिन्द्रले ६ खेलको समाप्तिमा १३ अंक जोडेको छ। उसले ४ जित र २ बराबरी खेलेको छ।

शेर्पा ४ बराबरी र २ हार सहित ४ अंक जोडेर पुछारदेखि दोस्रोमा छ।

प्रकाशित मिति: : 2020-01-17 13:05:06

प्रतिकृया दिनुहोस्