युनाइटेडका डिफेन्डर एस्ले योङ ईन्टर मिलानमा

म्यान्चेष्टर युनाइटेडका डिफेन्डर एस्ले योङ ईन्टर मिलान जाने भएका छन्। गत अगष्टमा मात्र रोमेलु लुकाकुलाई मिलान पठाएको युनाइटेडले योङलाई साढे १ मिलियन युरोमा पठाउनले सहमति गरेको हो।

३४ बर्षका डिफेन्डरले योङले युनाइटेमा साढे ८ बर्ष बिताएका थिए। उनले यस सिजन क्लबको कप्तान सहित युनाईटेडका लागि २ सय ६१ म्याच खेले। उनले यस सिजनमात्र १० लिग खेल खेलेका थिए।

योङ मिलान जान ईच्छुक रहेको बताउँदै आएका थिए। सोही कारण उनी पछिल्ला तीन खेलमा मैदान उत्रिएका थिएनन्। उनको अब मेडिकल प्रक्रिया बाँकी छ। 

योङले ईङ्ल्याण्डको राष्ट्रिय टिमबाट ३९ पटक खेलेका छन्। उनी सन् २०११ मा एस्टन भिल्लाबाट युनाइटेड आएका थिए। 

साथै २०१५–१६ को एफ ए कप, लिग कप र युरोपा कपको उपाधि हात पार्दा उनी टिमका सदस्य थिए।

मिलान सिरि एको तालिकामा शीर्ष स्थानको युभेन्ट्स भन्दा मात्र दुई अंकले पछाडी छ।

 

प्रकाशित मिति: : 2020-01-17 12:47:45

प्रतिकृया दिनुहोस्