औवामियाङलाई तीन खेलको प्रतिबन्ध

बिएल संवाददाता

काठमाडाै‌ं

इंग्लिस क्लब आर्सनलका कप्तान तथा फरवार्ड पिएरे इम्रिकऔवामियाङलाई तीन खेलको प्रतिबन्ध लागेको छ।

प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसविरुद्धको खेलमा पाएको रेड कार्डको अपिल खारेज भएसँगै औवामियाङलाई तीन खेलको प्रतिबन्ध लागको हो।

क्रिस्टलका म्याक्स मेयरलाई खराब ट्याकल गरेपछि उनलाई भीएआर रिभ्युको सहयोगमा रेड कार्ड दिइएको थियो। उक्त खेलमा आर्सनल क्रिस्टलसँग १–१ गोलको बराबरी रोकिएको थियो। 

 यो सँगै औवामियाङले प्रिमियर लिग अन्तर्गत सेफिल्ड युनाइटेड र चेल्सी तथा एफए कप अन्तर्गत बोर्नेमाउथसँगको खेल गुमाउने छन्।
 

प्रकाशित मिति: : 2020-01-16 23:37:14

प्रतिकृया दिनुहोस्