सुलेमानीको शव यात्रामा बगदादमा हजारौं समर्थक उत्रिए

तस्बिर : एजेन्सी

इराकमा शुक्रबार अमेरिकी हवाई आक्रमणबाट मारिएका इराकी मिलिशिया नेता अबु महदीअल मुहान्डिस र इरान समर्थित कुर्द बलका प्रमुख मेजर जर्नेल कासिम सुलेमानीका लागि हजारौं समर्थक बाटोमा उत्रिँएका छन।

इराकको राजधानी बगदादमा सुलेमानीलगायत अन्य व्यक्तिको अन्तिम संस्कारमा समावेश हुन मानिसहरू सडकमा उत्रिएको बताइएको छ। सडकमा उत्रिँएका मानिसको हातमा सुलेमानीको तस्बीर थियो।

 शुक्रबार अमेरिकाले बगदादको विमानस्थलमा गरेको हवाई आक्रमणमा सुलेमानीसहित८ जनाको ज्यान गएको थियो। अमेरिकाद्धारा इरानका सेना प्रमुख माथिको हमलापछि मध्यपृर्व एकपल्ट फेरि तनावगस्त भएको छ। अहिले मध्यपृर्वमा ९० को दशकजस्तै ‘गल्फवार’ को झलक देखिएको छ।

प्रकाशित मिति: : 2020-01-05 05:05:10

प्रतिकृया दिनुहोस्