सिलिगुढीमा अस्ताइन् दार्जिलिङकी लक्खीदेवी

पहाडकी रानी दार्जिलिङकी एक रोज्जा छोरी ... अलिवदा लक्खीदेवी । तस्बिर : एजेन्सी ।

पहाडकी रानी दार्जिलिङकी एक साहित्यिक छोरी लक्खीदेवी सुन्दासको निधन भएको छ।

भारतको दार्जिलिङमा रहेर लामो समय प्राध्यापन तथा नेपाली साहित्य क्षेत्रमा कलम चलाउने साहित्यकार उनको ८५ बर्षको उमेरमा निधन भएको हो ।

सुन्दासको बिहीबार दिउँसो १२ बजे सिलिगुडीमा निधन भएको हो । 

सुन्दासको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार प्रधाननगरस्थित निवासमा राखेर शनिवार सिलिगुडीमा अन्तिम संस्कार गरिने बताइएको छ । 

लामो समय दार्जिलिङको सरकारी कलेजकी प्राचार्य रहेकी उनले केही समय उत्तरबंगाल विश्वविद्यालयमा पनि  प्राध्यापन गरेकी थिइन् ।

प्रकाशित मिति: : 2019-08-16 05:06:32

प्रतिकृया दिनुहोस्