एनसेलले बुझायो ४ अर्ब ५० करोड पूँजीगत लाभकर

दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ।

ठूला करदाता कार्यालयले गत वैशाखमा एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ करतिर्न पत्र बुझाएको थियो। तर त्यसविरुद्ध एनसेलले सर्वोच्च कर निर्धारण नमिलेको भन्दै रिट दायर गरेको थियो।

अदालतले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गरेको थियो। सर्वोच्चको फैसलापछि एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैया कायम गरिएकाे थियाे। 

फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएको छ। त्यसअनुसार एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको थियो।

एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको स्रोतले बताएको छ। किस्ताबन्दी सुविधा अनुसार नै ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो।
 

प्रकाशित मिति: : 2020-01-01 03:40:30

प्रतिकृया दिनुहोस्