पर्यटकीय पूर्वाधार विकास प्रदेशको जिम्मेवारी: मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र पर्यटकीय पूर्वाधार विकासको जिम्मेवारी प्रदेश सरकारको रहेको बताएका छन्। 

नेपाल भ्रमण वर्ष २०२० प्रदेश २को जिल्ला स्तरीय समन्वय समिति भेलाको उद्घाटन गदै मुख्यमन्त्री राउतले प्रदेश भित्र रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर रहेको बताएका हुन्। 

उनले विकास निर्माणको जिम्मा प्रदेश सरकारले लिने भए पनि प्रचार प्रसार लगायतको क्षेत्रमा सक्रिय भूमिका समन्वय समितिका पदाधिकारीहरुलाई लिन आग्रह गरे। 

‘प्रदेशमा जानकी मन्दिर सहित हिन्दु , इस्लाम, बौद्ध, ज्रैन र शिख धर्मावलम्बीहरुका पनि थुप्रै धार्मिक स्थलहरु छन्। त्यसको प्रचार प्रसार हामीले गर्नु पर्दछ । त्यती मात्र गर्न सकिए पर्यटनको क्षेत्रमा हामी ठूलो फडको मार्छौ ।’,उनले भने। 

विगतमा सरकारको उदासिनताका कारण यस प्रदेशका पर्यटकीय क्षेत्रहरुको विकास हुन नसकेको गुनासो गर्नु हुँदै मुख्यमन्त्री राउतले भने ,‘ जानकी मन्दिर बाटै प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासको काम शुरु गरि सकेको छ । यसै वर्ष सप्तरीको सखडा मन्दिर , सिरहाको सलहेस फुलवारी, महोत्तरीको रौजा मजार, पर्साको भिष्वा डाडा सहितको स्थानमा गुरुयोजना सहित काम शुरु हुन्छ ।’

कार्यक्रममा उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री एवं पर्यटन वर्ष २०२०का प्रदेश अध्यक्ष राम नरेश राय, प्रदेश सभा सदस्य राम अशिष यादव, परमेश्वर साह, नीति आयोगका उपाध्यक्ष डाभोगेन्द्र झा, जनकपुरका पूर्वमेयर बजरंग साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, नेपाल भ्रमण वर्ष २०२०का प्रदेश संयोजक मनिष झा लगायतको उपस्थिति थियो। 

प्रकाशित मिति: : 2019-12-31 10:04:31

प्रतिकृया दिनुहोस्