डेढ ग्राम ब्राउन सुगर सहित नेपाली सेनाका एक मेजर पक्राउ

बिएल
लागुऔषध काराेबारमा नेपाली सेनाका एक मेजरसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
इलाका प्रहरी कार्यालय इटहरीले एक मेजरसहित ३८ वर्षीय अजित सिहलाई नियन्त्रणमा लिएको हो। सेनाकाे नाम भने प्रहरीले सार्वजनिक गरेकाे छैन।
 
उनीहरुलाई मोरङको हलगाडा वडा नम्वर २ स्थित आर्मी क्याम्प नजिकै रहेको खाजा घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिरचन्द्र खरेलले बिएल नेपाली सेवालाइृ जानकारी दिए।
 
याे पनि पढ्नुहाेस।
'विषेश सुचनाको आधारमा लागुऔषध सहित नियन्त्रणमा लिएका हौं,' डिएसपी खरेलले भने।
 
उनको साथबाट प्रहरीले डेढ ग्राम ब्राउन सुगर बरामत गरेको छ।
याे पनि हेर्नुहाेस।
 
 
 
 
प्रकाशित मिति: : 2019-08-10 20:14:10

प्रतिकृया दिनुहोस्