माइक्रो ब्लगिङ साइट ट्वीटरमा पुनः प्रयोगकर्ताका डाटा चोरी भएको खबर सार्वजनिक भएको छ।
ट्वीटरमा बगमा कारण १ करोड ७० लाख प्रयोगकर्ताका फोन नम्बरहरु लिक भएका छन्। शोधकर्ताका अनुसार ट्वीटरको एन्ड्रोइड एपमा यस्तो बग पाइएको हो।
शोधकर्ता इब्राहिम बालिकका अनुसार उनको २ महिनाको अनुसन्धानले यस्तो बगबाट इजरायल, टर्की, इरान, ग्रीस, फ्रन्स तथा जर्मनीका प्रयोगकर्ताहरु सबैभन्दा धेरै प्रभावित भएका छन्। उनका अनुसार यस सूचिमा लिक भएका फोन नम्बर कतिपय ठूला राजनीतिज्ञ तथा अधिकारीहरुका पनि छन्।
गुगल प्ले स्टोरमा रहेका कतिपय थर्ड पार्टी एपहरुले यसरी डाटा चोरी गर्ने गरेका उनले बताएका छन्।