बाँसबारीमा एक शंकास्पद घरमा प्रहरीकाे छापा, ७२ विदेशी नागरिक नियन्त्रणमा

बाँसबारीमा रहेको एक शंकास्पद घरमा प्रहरीले छापा मारी ७२ जना विदेशी नागरिक नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले सोमबार दिउँसो छापा मारेको हो। 

घरभित्र शंकास्पद विदेशी नागरिक भएकाले तीनवटा घरमा छापा मारिएको परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। ुशंका लागेर छापा मारेको हो। अहिले काम भइरहेको छ।सुवेदीले भने।

'उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो। अनुसन्धानपछि सङख्यामा थपघट हनसक्छ।' एक प्रहरी अधिकृतले भने।

प्रहरीले बैंक ह्याकिङ गर्ने चिनियाँ नागरिक घरभित्र भएको सूचनाको आधारमा छापा मारेको स्रोतले जनाएको छ। प्रहरीले गत भदौमा बैंक ह्याकिङ गर्ने  चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई नियन्त्रणमा लिएको थियो। 

उनीहरुको साथबाट बैंक ह्याक गरिएको  १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो।

प्रकाशित मिति: : 2019-12-24 03:48:51

प्रतिकृया दिनुहोस्