मोदीले कश्मिर निर्णयको बचाउ गर्दै भने- 'वन्दे मातरम् ' !

मोदीले भने- वन्दे मातरम् ! तस्बिर : फाइल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै उनले कश्मीरको विशेष हैसियतसम्बन्धी धारा ३७० खारेजीको बचाउ गरेका छन् ।

विवादित कश्मीर क्षेत्रमा तनाव चर्कँदै गएपछि मोदीले राष्ट्रलाई सम्बोधन गरेका हुन् । उनले संविधानको धारा ३७० र ३५ क ले कश्मीरलाई पृथकतावाद, आतङ्कवाद, परिवारवाद अनि भ्रष्टाचार मात्र दिएको बताए । 

उनले सरकारको निर्णयले कश्मीरको वर्तमान सुध्रिने र भविष्य सुरक्षित हुने तर्क गर्दै सबैलाई संयमित भएर राष्ट्रिय अखण्डता र भारतीय सम्प्रभुताको पक्षमा उभिन आग्रह गरे ।  

यो पनि हेर्नुहोस् 

दृष्टिविहीनलाई सधैं सास्ती

भारत सरकारले कश्मिरको विशेष संवैधानिक व्यवस्था हटाएपछि भारतभर यसले विभिन्न किसिमका संशय उत्पन्न गरको छ । तिनै संशयहरूको सम्बोधनका लागि मोदीले राष्ट्रलाई सम्बोधन गरेको बताइएको छ ।

अहिले पनि जम्मु कश्मिर मूर्दा शान्तिको अवस्थामा रहेको छ । त्यहाँ सयौंको संख्यामा राजनीतिज्ञ, अभियानकर्मी, अगुवा, व्यापारी तथा वुद्धिजीवीहरू पक्राउ गरिएका छन् । राजनीतिक पार्टीका नेताहरूलाई बासस्थानमै नजरबन्द राखिएको छ ।

यो पनि हेर्नुहोस् 

सालिकको कथा

यो घटनालाई लिएर भारतीय जनमत ध्रुवीकृत भएको छ । केहीले यस कदमको विरोध गरे पनि धेरैले यसको समर्थन नै गरेका छन् । यसबाट मोदी प्रकारान्तरमा अरू बढी लोकप्रिय हुने अनुमान गरिदैछ । 

तर, यो घटनापछि पाकिस्तान चिढिएको छ भने राष्ट्र संघले मानवअधिकारको प्रश्न उठाएर चिन्ता व्यक्त गरेको छ । 

प्रकाशित मिति: : 2019-08-09 03:47:29

प्रतिकृया दिनुहोस्