नोकियाले भित्र्यायाे नयाँ मोडलको स्मार्टफोन

बिएल संवाददाता

काठमाडाै‌ं,पुस ५

स्मार्टफोन कम्पनी नोकियाले नयाँ मोडलको फोन नेपाली बजारमा भित्र्याएको छ।

टेलिटक प्रालिसँगको साझेदारीमा नोकिया २.३ फोन भित्र्याइएको हो। नेपालमा यसको मूल्य रु. ११ हजार ९ सय ९९ पर्ने कम्पनीले जनाएको छ।

नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन हो जस्मा ६.२ एच डी स्क्रीन, डुअल क्यामरा, दुई दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ।

किया २.३ मा हेलियो ए२२ क्वाड – कोर प्रोसेसरले पावर दिएको हुन्छ। यसको डिभाइस सिपियू मा २ जिबी र्‍याम र ३२ जिबी स्टोरेज छ। यसको स्टोरेजको क्षमता माइक्रो एस डि कार्डद्वारा ५१२ जिबीसम्म बढाउन सकिन्छ।

यो मोबाइलको डुअल क्यामरामा पछाडि १३ मेगा पिक्सेल प्राइमरी सुटर र २ मेगा पिक्सेल डेफ्ट सेन्सर, त्यस्तैगरी अगाडि ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सुटर लेन्स जडान गरिएको छ।

प्रकाशित मिति: : 2019-12-22 10:59:43

प्रतिकृया दिनुहोस्