कश्मिरमा भारत-पाकिस्तान आम्नेसाम्ने : पाकिस्तानद्वारा भारतीय राजदूत निस्कासन

सुरू भयो भारत-पाकिस्तान खिचातानी । तस्बिर : एजेन्सी

भारतले जम्मु-कश्मिरको विशेष हैसियत रद्द गरेकोमा पाकिस्तान रूष्ट भएको छ । उसले पाकिस्तानका लागि भारतीय राजदूतलाई निकाला गर्ने र भारतसँगको व्यापार स्थगन गर्ने जनाएको छ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जम्मू-कश्मीरको विशेष हैसियत खोस्ने भारतको निर्णयविरुद्ध लड्ने बताएका थिए। उनले उक्त विषयलाई संयुक्त राष्ट्रसङ्घमा समेत लैजाने जनाएका थिए । 

भारतले विशेष हैसियत रद्द गरेसँगै जम्मु कश्मिर क्षेत्र पूर्ण बन्दको अवस्थामा छ।

यसैबीच संयुक्त राष्ट्रसङ्घको मानव अधिकारसम्बन्धी निकायले कश्मीरको अवस्थाबारे चिन्ता व्यक्त गरेको छ । उसले जम्मु कश्मीरमा लगाइएका प्रतिबन्धले त्यहाँको मानव अधिकारको अवस्था झन् बिग्रिने जनाएको छ।

कश्मीरमा भारत र पाकिस्तान दुवैको दाबी रहे पनि ती दुई देशले केही भागमा मात्र शासन गर्दै आएका छन् । भारतले शासन गरेको कश्मीर क्षेत्रमा लामो समयदेखि पृथकतावादी आन्दोलन चलिरहेको छ । यसका लागि उसले पाकिस्तान जिम्मेवार रहेको उसले आरोप लगाउँदै आएको छ ।

तर, पाकिस्तानले भने उक्त आरोपको खण्डन गर्दै आत्मनिर्णय चाहने कश्मीरीलाई नैतिक र कूटनीतिक सहयोग दिएको बताउँदै आएको छ । 

 

प्रकाशित मिति: : 2019-08-08 02:29:02

प्रतिकृया दिनुहोस्