उत्तर कोरियाले दुई अर्ब डलर चोरेको राष्ट्रसंघको आरोप

किम तर्साउँदैछन् संसारलाई । तस्बिर : एजेन्सी

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियाले साइबर आक्रमण गरेर आफ्नो हातहतियार परियोजनाका लागि झन्डै दुई अर्ब डलर जुटाएको आरोप लगाएको छ । 

राष्ट्रसङ्घको एक गोप्य प्रतिवेदनमा यस्तो उल्लेख गरिएको केही विज्ञहरूलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । 

बीबीसीका अनुसार विज्ञहरूको एउटा समूहले वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी भनिने डिजिटल मुद्रा सटही गर्नेहरूसँग कम्तीमा ३५ वटा साइबर आक्रमणबारे अनुसन्धान गरिरहेका छन्।

ती विज्ञहरूका अनुसार वार्ता सुरु गर्नेका लागि कूटनैतिक प्रयासहरू जारी रहँदारहँदै पनि प्योङ्याङले आफ्नो परमाणु र क्षेप्यास्त्र कार्यक्रमहरू अघि बढाइरहेको छ।

यसैबीच संयुक्त राज्य अमेरिका र दक्षिण कोरियालाई चेनावनी दिने उद्देश्यले नेता किम जङ-अनले पछिल्ला क्षेप्यास्त्र परीक्षण गराएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । 

नेता किमले मङ्गलवार रणनैतिक महत्त्वका क्षेप्यास्त्र परीक्षणको अवलोकन गरेका थिए। 

 

प्रकाशित मिति: : 2019-08-08 01:47:11

प्रतिकृया दिनुहोस्