अमेरिकाका नौसैनिक शिविरमा तीन दिनमा दोस्रो आक्रमण

पेन्साकोला नौसैनिक शिविर । फाइल तस्बिर : गेट्टी इमेज

वितेका तीन दिनमा दोस्रोपटक अमेरिकी नौसैनिक शिविरमा आक्रमण भएको छ। 

फ्लोरिडाको पेन्साकोला नौसैनिक शिविरमा शुक्रबार विहान ७ बज्न केही समय पहिले भएको आक्रमणमा तीनजना मारिएका छन् भने थुप्रै संख्यामा घाइते भएका छन्। 

आक्रमणकारी साउदी बन्दुकधारी पनि मारिएको बताइएको छ। नौसैनिक शिविरका एक अधिकारीले बन्दुकधारी त्यही प्रशिक्षण लिइरहेका साउदी सैनिक भएको बताएका छन्।

उनको संलग्नतालाई लिएर अनुसन्धान भैरहेको अमेरिकी जासुसी संस्था एफबीआईले जनाएको छ। उनको संलग्नता संदिग्ध आतंकवादी संस्थाहरूसँग हुन सक्ने आशंकाका साथ त्यही कोणबाट अनुसन्धान भैरहेको पनि एक अधिकारीले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्साकोला नौसैनिक शिविर आक्रमणमा साउदी सैनिक संलग्न भएको विषयमा साउदी राजासँग कुरा गरेको बताएका छन्। उनका अनुसार घटनाप्रति साउदी राजाले दु:ख व्यक्त गरेका छन्।

मृतकहरूको पहिचान तत्कालका लागि सार्वजनिक नगर्ने पनि उनले बताए । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पेन्साकोला नौसैनिक शिविर आक्रमणमा साउदी सैनिक संलग्न भएको विषयमा साउदी राजासँग कुरा गरेको बताएका छन्। उनका अनुसार घटनाप्रति साउदी राजाले दु:ख व्यक्त गरेका छन्। 

यसअघि बुधबार मात्र हवाइको पर्ल हर्वर नौसैनिक शिविरमा भएको आक्रमणमा दुईजना मारिएका थिए भने तेस्रो व्यक्ति गम्भीर घाइते भएका थिए। आक्रमणमा एक नाविकले अन्धाधुन्ध गोली चलाएका थिए। 

यसरी अमेरिकी नौसैनिक शिविरमा एकपछि अर्को गरेर भएका आक्रमणलाई गम्भीरताका रूपमा लिएको पेन्टागनले बताएको छ। 

प्रकाशित मिति: : 2019-12-07 03:54:15

प्रतिकृया दिनुहोस्