हेलिकप्टर दुर्घटनामा तीनको मृत्यु

तस्बिरः एजेन्सी

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ।

ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो। एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको स्थानीय स्रोतले जानकारी दिएको छ।

सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। (रासस)

प्रकाशित मिति: : 2019-12-02 13:33:28

प्रतिकृया दिनुहोस्