ट्रम्पले 'अमेरिकी हिरो'को नक्कली फोटो बनाएर सेयर गरे !

राष्ट्रपति ट्रम्प  : के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने दिन आयो ! तस्बिर : दी न्युयोर्क टाइम्स

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्को गम्भीर झुट पर्दाफास भएको छ । उनले आईएस सुप्रिमो अल बग्दादीलाई आत्महत्या गर्न बाध्य पार्ने युद्धनायक कुकुरलाई सम्मान गरेको भनेर सेयर गरेको तस्बिर नै नक्कली पाइएको छ ।

झट्ट सुन्दा अमेरिकी राष्ट्रपति जस्तो गरिमामय पदमा बसेको व्यक्तित्वबाट पनि यस्तो होला भनेर पत्याउन मुस्किल पर्छ । तर, तथ्यहरूले ट्रम्पले यस्तै अपत्यारिलो काम गरेको पुष्टी भएको छ । 

द न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार तस्बिरमा उनले प्रयोग गरेको फोटो फ्रेम सन् २०१७ मा एक अर्कै अमेरिकी हिरोलाई सम्मान गर्दाको हो । राष्ट्रपति ट्रम्पले सन् २०१७ मा भियतनाम लडाईंमा १० जना अमेरिकी सैनिकको ज्यान बचाउने बहादुरी कार्य गरेबापत सेनाका सेवानिवृत्त चिकित्सक जेम्स सी मैकक्लोघनलाई सम्मान गरेका थिए ।

उनलाई सम्मानित गरिएको तस्बिर एशोसियट प्रेसले खिचेको थियो । त्यही तस्बिरको फ्रेम प्रयोग गरेर राष्ट्रपति ट्रम्पले दिदै नदिएको सम्मानको तस्बिर बनाएर सामाजिक सञ्जालमार्फत् सेयर गरेका हुन् । उनले शेयर गरेको युद्ध नायक कुकुरको तस्बिर चाँहि डेली वायरले उसको सामाजिक सञ्जालमा प्रयोग गरेको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प बेलाबेलामा यस्ता उट्पट्याङ कामका लागि चर्चित छन् र यसअघि उनले आफ्नो तस्बिर राखेर नक्कली टाइम परसन अफ द इयर पनि बनाएका थिए । पछि त्यो  झुटो रहेको टाइ म म्यागजिनले नै पुष्टी गरिदिएको थियो । 

 

प्रकाशित मिति: : 2019-10-31 02:36:38

प्रतिकृया दिनुहोस्