न्युयोर्कमा होमलेस पनि असुरक्षित, चारजना मारिए, एक गम्भीर घाइते

जहाँ होमलेस पनि सुरक्षित छैनन्, यस्तो क्याप्सन लेख्दा पीडा हुन्छ । तस्बिर : एजेन्सी

अमेरिकाको न्युयोर्कमा चारजना होमलेस मारिएका छन् ।

कहिलै रात नहुने म्यानहट्टनको चाइना टाउन क्षेत्रमा सुतिरहेको अवस्थामा घरबारविहीन ती होमलेस मारिएको न्युयोर्क प्रहरीले जनाएको छ । 

उनीहरूलाई विभिन्न सार्वजनिक स्थानमा सुतिरहेको बेला मेटल पाइपले हिरर्काएर मारिएको बताइएको छ । 

यो पनि हेर्नुहोस् 
परराष्ट्र मन्त्रीको सम्बोधन UN मा

आक्रमणमा परेका अर्को एक होमलेसको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ । 

शनिबार विहान २ बजेतिर ९११ मा फोन आएपछि प्रहरीले खोजबिन सुरू गरेको थियो ।

हत्यामा संलग्न भएको आशंकामा एक २४ वर्षीय युवालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: : 2019-10-06 00:54:17

प्रतिकृया दिनुहोस्