अमेरिकी राजदूताबासले यतिबेलै किन गर्यो खण्डन ?

कार्यकाल सकिएर अर्को व्यवस्था नभएसम्मका लागि थामिएका राजदूत कार्कीको चरित्रको माया यति नै बेला किन राजदूताबासलाई लाग्यो होला ?

अमेरिकाका लागि नेपाली राजदूताबासले राजदूत डा. अर्जुन कुमार कार्कीको चरित्र हत्या गरिएकोमा खेद प्रकट गर्दै एक खण्डन जारी गरेको छ ।

राजदूताबासका तर्फबाट भनिए पनि जारी गर्नेको नाम समेत नभएको खण्डनमा विभिन्न सामाजिक सञ्जालमा 'दूताबासलाई अमेरिकामा नेपाली समुदायले बुझाएको रकम अमेरिकी डलर १२३८८७७.८५ मध्ये ८,००,००० जम्मा भएको र अमेरिकी डलर ४३८८७७.८५ कता हरायो महामहिम राजदूतज्यू ?' भनी अभिव्यक्त भनाइप्रति राजदूताबासको गम्भीर ध्यानाकर्षण भएपछि खण्डन सार्वजनिक गरिएको बताइएको छ । 

खण्डनमा १२,३८,८७७.८५ मध्ये २२७.५१ बैंक सेवा शुल्क कट्टा गरी बाँकि १२,३८,६५०.३४ नेपाल बैंक लिमिटेडमार्फत् प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गरिएको प्रमाणित पत्र पनि प्रस्तुत गरिएको छ ।

सम्बन्धित पक्षसँग सोधपुछ नै नगरी महामहिम राजदूतको चरित्र हत्या गर्ने मसायले मित्थ्या र कपोलकल्पित भनाइ फेसबुकमा पोष्ट गरिएको भन्दै त्यसप्रति खेद पनि प्रकट गरिएको छ । खण्डन शीर्षकमा आएको विज्ञप्तिमा मित्थ्या भनाइको नेपाली राजदूताबास वासिङ्टन डीसी खण्डन गर्दछ भनिएको छ । 

राजदूताबासले जारी गरेको खण्डनमा आवश्यक कागजात पनि भएकाले राजदूताबासले जारी गरेको खण्डनको मण्डन गर्न आवश्यक छैन । तर, वर्षौअघि सोधिएको र अहिले पटक्कै चर्चामा नरहेको प्रश्नको खण्डन गर्न राजदूताबासलाई केले अभिप्रेरित गर्यो ? यो प्रश्न भने पेचिलो बनेर आएको छ ।

पहिलो त यसबारेमा अख्तियारमा मुद्दा परेको हुन सक्छ । त्यसैको प्रस्टोक्तिका लागि पनि यो खण्डन आएको हुन सक्छ । दोस्रो, यो र यस्तै घोटालाका कारण  उनलाई दोस्रो कार्यकाल थप नगरिएको लागेर त्यसका लागि मार्गप्रशस्त गर्न यो खण्डन आउको हुनुपर्छ । तेस्रो, सरकारले नयाँ राजदूत नियुक्त गर्न लागेको थाहा पाएर फर्कनुअघि नै आफूमाथि लागेको आरोपबाट चोखिन यो खण्डन आउको हुनुपर्छ । चौथो, आफू र राजदूताबासका बारेमा जनमासमा उठेका प्रश्नहरूको सम्बोधन गर्ने जवाफदेही सोच आउको पनि हुनसक्छ ।

कार्यकाल सकिएर अर्को व्यवस्था नभएसम्मका लागि थामिएका राजदूत कार्कीको चरित्रको माया यति नै बेला किन राजदूताबासलाई लाग्यो होला ? माथि भनिएको बाहेक राजदूताबास मर्मत सम्भार, गाडी खरीद, नयाँ राजदूत निबास खरिद प्रकरणलगायतका अरू पनि कयोै संगीन प्रश्नको जवाफ नदिने राजदूताबासले असान्दर्भिक भैसकेको यही प्रश्नको खण्डनचाँहि अहिले किन गर्नुपर्यो होला ? 

यी प्रश्नहरूको सम्भावित उत्तर के हुन सक्ला ? ब्रेक एन लिंक्सले एक पूर्वकूटनीतिज्ञलाई यही प्रश्न सोधेको थियो । त्यसमा उनले केही सम्भावित उत्तरहरू जुटाइ दिए । उनका अनुसार पहिलो त यसबारेमा अख्तियारमा मुद्दा परेको हुन सक्छ । त्यसैको प्रस्टोक्तिका लागि पनि यो खण्डन आएको हुन सक्छ । दोस्रो, यो र यस्तै घोटालाका कारण  उनलाई दोस्रो कार्यकाल थप नगरिएको लागेर त्यसका लागि मार्गप्रशस्त गर्न यो खण्डन आउको हुनुपर्छ । तेस्रो, सरकारले नयाँ राजदूत नियुक्त गर्न लागेको थाहा पाएर फर्कनुअघि नै आफूमाथि लागेको आरोपबाट चोखिन यो खण्डन आउको हुनुपर्छ । चौथो, आफू र राजदूताबासका बारेमा जनमासमा उठेका प्रश्नहरूको सम्बोधन गर्ने जवाफदेही सोच आउको पनि हुनसक्छ ।

जे भए पनि सूचना बाहिरिएको छ । यसबाट सम्बवन्धित पक्ष सूचित भएका छन् । यो राम्रो पक्ष हो, एक अर्थमा भन्ने हो भने यो सञ्चार क्षेत्रको जीत पनि हो । 

यहाँ क्लिक गरेर हेर्न सकिन्छ खण्डन ।
https://us.nepalembassy.gov.np/immediate-press-statement-on-pdrf/?fbclid=IwAR15eWPU69KwtivuUczuQBQqOReFWph11hhL6m47wYEtS1JyXDw75LCykjE

प्रकाशित मिति: : 2019-09-13 05:51:52

प्रतिकृया दिनुहोस्