अमेरिकामा नासा-आन्माको १५औं सम्मेलन सम्पन्न, नासा अध्यक्षमा विनय निर्वाचित

नासाका नवनिर्वाचित अध्यक्ष विनय अर्याल । पृष्ठभूमिमा १५औ नासा-आन्मा सम्मेलनको एक सांस्कृतिक झाँकी । तस्बिर : विजय थापा

अमेरिकाको दक्षिणपूर्वी राज्यमा रहेका नेपालीहरूको प्रतिनिधिमुलक संस्था नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा)को अध्यक्षमा विनय अर्याल निर्वाचित भएका छन् । उनले तीन प्रतिस्पर्धी डा. ठाकुर कार्की, शिव विष्ट र पशुपति न्यौपानेलाई किनारा लगाउँदै  ०१९-२१ को नेतृत्वमा आफूलाई स्थापित गरेका हुन् ।

यसअघि कार्यसमिति सदस्य रहेका अर्यालको थातथलो भने नेपालको चितवन हो । नर्थ क्यारोलाइनामा बसोबास गर्दै आएका उनी डेमोक्रेटिक पार्टीको स्थानीय राजनीतिमा पनि सक्रिय रहेका छन् ।

अध्यक्षमा विजयी भएपछि उनले सबै मतदातालाई धन्यवाद दिएका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरूप्रति उच्च सम्मान व्यक्त गर्दै चुनावको परिणामालाई बिर्सेर संस्थाका लागि एकसाथ अघि बढ्न आग्रह पनि गरेका छन् ।

अर्याल अमेरिकाको नर्थ क्यारोलाइनाको विन्स्टन सालेममा आयोजित १५औ नासा-आन्मा सम्मेलनको क्रममा भएको निर्वाचनमा निर्वाचित भएका हुन् । 

सम्मेलन अगस्त ३० देखि सेप्टेम्बर १ सम्म लेबर डेसमेतको लामो छुट्टिको अवसरमा आयोजना गरिएको थियो । सम्मेलनमा सांस्कृतिक कार्यक्रमसहितको विभिन्न कार्यक्रम पनि आयोजना गरिएका थिए ।

प्रकाशित मिति: : 2019-09-03 02:18:41

प्रतिकृया दिनुहोस्