अमेरिकी न्याय मन्त्रालयका एक वरिष्ठ कर्मचारीको जागीर गएको छ ।
कार्यालयको कम्प्युटरबाट यौन चलचित्र हेरेको प्रमाणित भएपछि उनले राजीनामा दिनु परेको हो ।
विभागका महानिर्देशकको कार्यालयमा कार्यरत् ती कर्मचारीको कम्प्युटरबाट नीला सिनेमाहरू हेरिएका थिए र नग्न तस्बिरको साइट पनि खोलिएको थियो ।
त्यस्तो हर्कते ब्यवहार देखाएपछि उनीमाथि जाँच गर्न एक जाँचबुझ समिति बनाइएको थियो ।
सुरूमा अभियोग अस्विकार गरे पनि अन्तत: उनले अभियोग स्विकार गरेर राजीनामा नै दिए । अनुसन्धान सकिनुपूर्व नै अभियोग स्विकार गरेर राजीनामा दिएकाले उनीमाथि मुद्दा नचलाइने बताइएको छ ।
न्याय विभागले ती वरिष्ठ अधिकारी डेपुटी असिस्टेन्ट एटर्नी जनरल भएको बताए पनि उनको नाम भने सार्वजनिक गर्न चाहेन ।