अमेरिका अब केही निश्चित प्रकारका एप्पलका ल्यापटप लिएर हवाइजहाज चढ्न नपाइने भएको छ । ह्याण्डक्यारी र चेक इन दुईवटै झोलामा त्यस्तो ल्यापटप बोक्न पाइने छैन ।
संघीय उडान प्रशासनले त्यस्ता म्याकबुक अधिक तापमानमा बिष्फोट हुनसक्ने भन्दै प्रतिबन्ध लगाएपछि यस्तो परिस्थिति सिर्जना भएको हो ।
यो प्रतिबन्ध अहिलेलाई आन्तरिक उडानमा मात्र लगाइएको छ । अन्तर्राष्ट्रिय उडानका बारेमा पनि छिट्टै केही नर्णय हुने अनमान गरिएको छ ।
तपाईसँग एप्पलको म्याकबुक प्रो छ र तपाई अमेरिकामा हवाइ उडान गर्न चाहनु हुन्छ भने तपाई सम्स्यामा पनि पर्न सक्नुहुन्छ । त्यसैले हवाइ उडानमा जानुअघि यो लिंकमा आफ्नो म्याकबुक प्रो प्रतिबन्धित छ कि छैन भनेर चेक गरेर जानु नै श्रेयस्कार हुन्छ ।
यो प्रतिबन्धबाट मूलत: सन् २०१५ सेप्टेम्बरदेखि सन् २०१७ को फेब्रुअरीसम्म खरिद गरिएका १५ इन्चका म्याकबुक प्रो बढी प्रभावित हुनेछन् ।
म्याकबुक उत्पादक एप्पलले यसबाट आफ्ना उपभोक्तामा परेको असुविधाका लागि दु:ख व्यक्त गरेको छ । उसले त्यो लटका म्याक प्रोका ब्याट्रीहरूको थप प्राविधिक परीक्षण भैरहेको बताएको छ । उसले उपभोक्ताको मर्कालाई कुनै उपायले सम्बोधन गर्न सकिन्छ कि भनेर पनि सोचिरहेको बताएको छ ।
एप्पलका एक अधिकारीका अनुसार यसबाट करिव पाँच लाख उपभोक्ता प्रभावित हुन सक्ने बताएका छन् ।