अमेरिकामा हाउसले भन्यो 'बरद्वारा संसदको अपमान', राष्ट्रपतिले प्रयोग गरे 'विशेषाधिकार'

अमेरिकामा म्युलर प्रतिवेदनलाई लिएर ह्वाइट हाउस र हाउस अफ रिप्रजेन्टेटिब्सबीचको प्रतिष्ठायुद्ध नाटकीय मोडमा आइपुगेको छ।

बुधबार म्युलर प्रतिवेदनको पूर्ण पाठ उपलव्ध नगराएकोमा महान्यायाधिवक्ता बरमाथि संसदको अपमान गरेको ठहर गर्दै इन्टेल कमिटीले त्यो प्रस्तावलाई हाउसको पूर्ण वैठकमा पठाउने पक्षमा मतदान गरेलगत्तै राष्ट्रपति डोनल्ड ट्रम्पले म्युलर प्रतिवेदनलाई सार्वजनिक गर्नुनपर्ने गरी राष्ट्रपतिको विशेषाधिकारको दायरामा ल्याएको घोषणा गरिदिएका छन्। 

संसदको इन्टेल कमिटीमा १६ का विरूद्ध २४ मतले महान्यायाधिवक्ताले म्युलर प्रतिवेदनको पूर्ण पाठ उपलव्ध नगराएर संसदको अपमान गरेको पक्षमा मतदान भएको थियो। कमिटीको यो निर्णयका आधारमा अब यो विषय हाउस अफ रिप्रजेन्टेटिब्सको फुल हाउसमा प्रवेश गरेको छ।अब हाउस अफ रिप्रजेन्टेटिब्समा यसमाथि मतदान हुनेछ र त्यो बहुमतले पास भएमा सिनेटमा जानेछ। 

यसरी संसदीय प्रक्रियामा रहेको एउटा जबर्जस्त विषय जसमा राष्ट्रपति ट्रम्प आफैं पनि मुछिएका छन्, उनैले यो विषयलाई राष्ट्रपतिको विशेषाधिकार प्रयोग गरेर निस्तेज पार्ने प्रयास गरेका छन्। 

यसले अमेरिकामा राष्ट्रपति र संसदबीचको मनोमानी टक्कर चरमोत्कर्षमा पुगेको छ। अमेरिकामा संसदका दुबै सदन र राष्ट्रपतिलाई मिलाएर सरकार भन्ने प्रचलन छ र त्यसैको आधारमा एकले अर्कालाई सम्मान गर्ने परम्परा छ। तर, यो प्रकरणसँगै अमेरिकामा राष्ट्रपतिले संसदलाई नमान्ने र संसदले राष्ट्रपतिलाई नमान्ने परिस्थिति सिर्जना भएको छ। 

 

 

 

प्रकाशित मिति: : 2019-05-09 03:30:02

प्रतिकृया दिनुहोस्