एनआरएन अमेरिकामा १४८ पदका लागि २०९ जनाको उम्मेद्वारी: १०३ पद खालि

तस्बिरः बीएल

एनआरएन अमेरिकाको आगामी मे १८ र १९ मा हुने अनलाइन चुनावका लागि उम्मेद्वारको नामावली सार्वजनिक गरिएको छ। 

यसअघि दुईसय ३२ जनाको उम्मेद्वारी संख्या सार्वजनिक गरिएकोमा यसपटक दोहोरिएका दुई गरी दुईसय ११ जनाको उम्मेद्वारी सूची सार्वजनिक भएको छ। दोहोरिनेमा बोर्ड अफ डाइरेक्टरका उम्मेद्वार अमर छन्त्याल र रविन्द्रप्रसाद उप्रेती रहेका छन्। 

चुनावी प्रयोजनका लागि गठित निर्वाचन आयोगले जारी गरेको सूचीमा दोहोरिएका दुईलाई घटाउने हो भने दुईसय नौजनाको उम्मेद्वारी परेको छ। 

एनआरएन अमेरिकामा कुल २५१ पद भए पनि एकसय ४८ पदका लागि मात्र उम्मेद्वारी परेको छ भने बाँकि एक सय तीन पदका लागि कसैको पनि उम्मेद्वारी परेको छैन। 

प्रकाशित सूचीअनुसार अध्यक्षमा तीन जना  सञ्जय थापा, साल लम्साल र सुनील साहको उम्मेद्वारी परेको छ। वरिष्ठ उपाध्यक्षमा चार जना डा. अर्जुन बन्जाडे, अमृतनाथ सापकोटा, इन्दिरा त्रिपाठी र नारायणप्रसाद कँडेलको उम्मेद्वारी परेको छ। यसैगरी महासचिवमा अञ्जनकुमार चौलागाईं, गोपेन्द्रराज भट्टराई र पशुपतिराज पाण्डे उम्मेद्वार भएका छन्। सचिवमा अमृतबाबु कट्टेल र भानुभक्त खरेल, कोषाध्यक्षमा नेत्रप्रसाद पोखरेल, प्रशन्न संग्रौला र रविनराज बज्राचार्य  सह-कोषाध्यक्षमा ज्ञानल थापा, सन्तोषकुमार विष्ट र सतीष ओझाको उम्मेद्वारी परेको छ। यसैगरी पश्चिम क्षेत्रीय उपसभापतिमा रामबाबु पाण्डे र सर्वज्ञ वाग्ले, दक्षिण क्षेत्रीय उपसभापतिमा  कृष्णजीवी पन्थ र थलराज पन्त, मध्यपश्चिम क्षेत्रीय उपसभापतिमा बाला घिमिरे र बुद्धिसागर सुवेदी र उत्तर-पूर्वी क्षेत्रीय उपसभापतिमा महेश मल्ल र बाबुराम लामाले उम्मेद्वारी दिएका छन्। 

यसैगरी युवा संयोजकमा विनोद रूवाली र प्रितम कुसियत तथा महिला संयोजकमा दीक्षा बस्नेत र सुनिता खत्रीको उम्मेद्वारी परेको छ। 

आइसीसी सदस्यका लागि १० जनाको उम्मेद्वारी परेको छ। उम्मेद्वारी दिनेमा स्वराज खाती, तृष्णा शर्मा, विष्णु बहादुर शाह, विन्दु सापकोटा निरौला, डा. प्रकाश अर्याल, होमनाथ गौतम, जेदुनाथ पोखरेल, रामकुमार सुवेदी, शंकर खड्का र शिवराज पौडेल रहेका छन्। 

बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिनेमा अमर छन्त्याल, अनिलराज पाण्डेय, अनुप खनाल, बासुदेव अधिकारी, भुवनेश्वर अधिकारी, विश्वमान आङ्देम्बे, चेतप्रसाल पौडेल, छत्रा के गुरूङ, चित्र कार्की, चुडामणि खनाल, देवराज न्यौपाने, धरम विश्वकर्मा, ध्रुवकुमार झा, डोरेन्द्र अधिकारी, दुर्गाप्रसाद श्रेष्ठ, जीवनकुमार जोशी, खिमबिक्रम भट्टराई, मीनबहादुर खड्का, नृपेन्द्र धिताल,पदमबहादुर ठकुराठी, प्रकाश बस्नेत, प्रमोदराज सर्राफ, पूर्णचन्द्र बानिया, रविन्द्रप्रसाद उप्रेती, राजकुमार श्रेष्ठ, राजीवप्रसाद श्रेष्ठ, रामहरि खड्का, रोशन अधिकारी, सत्यनारायण चौधरी, सीता अधिकारी, सुवर्ण पोखरेल, टंक रेग्मी, टेकराज पौडेल, तिलक केसी र टीपी खनाल रहेका छन्।

निर्वाचन कार्यतालिका अनुसार बुधबार र विहीबार दावी बिरोध गर्न पाइनेछ भने अप्रिल २७ मा उम्मेद्वारको दोस्रो सूची प्रकाशित गरिने छ। मे ३ सम्म उम्मेद्वारी फिर्ता लिने समय दिइएको छ भने मे ७ मा  उम्मेद्वारको अन्तिम नामावली प्रकाशित हुने छ। त्यही सूचीअनुसार मे १८ र १९ मा अनलाइन मतदान हुने छ भने मे २१ मा निर्वाचन परिणामको घोषणा गरिने छ।

 

प्रकाशित मिति: : 2019-04-25 04:14:34

प्रतिकृया दिनुहोस्