अमेरिकी राष्ट्रपति ट्रम्प फेरि ट्विटमा नराम्ररी चिप्लिए !

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प फेरि एकपटक ट्विटमा चिप्लिएका छन्।श्रीलंकामा बम बिष्फोट भएर एकसय ३८ जनाको मृत्यु भएको बेला उनले ट्विट गर्दै १३८ मिलियन अर्रथात् १ करोड ३८ लाखको मृत्यु भएको ट्विट गरे। 

उनको ट्विटमा भनिएको छ- 'चर्च र होटलमा भएको आतंकवादी आक्रमणमा परी कम्तिमा १३८ मिलियन मानिस मारिएका छन्, श्रीलंकाली जनतालाई अमेरिकी जनताको तर्फबाट समवेदना। हामी सहयोगका लागि तत्पर छौँ।'

जब यो ट्विटलाई लिएर उनी ट्रोलमा परे, बल्ल उनलाई आफूबाट ठुलो गल्ती भएको महसुस गरेर ट्वीट नै डिलेट गरिदिए।

 

प्रकाशित मिति: : 2019-04-21 21:54:58

प्रतिकृया दिनुहोस्