डा. अर्जुन कार्की काठमाडौंमा : अर्जी लगाइरहेका छन् राजदूतमा दोहोरिन

प्रधानमन्त्री के पी ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने अमेरिका जाँदाको हो।समाचारको अन्तर्यको लागि डा. कार्कीकै फेसबुकबाट सौजन्य गरिएको हो।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की यतिबेला अमेरिकाको राजधानी वासिङ्टन डीसीमा हैन, नेपालको राजधानी काठमाडोैंमा छन्। नेपाल लगानी सम्मेलनमा सहभागी हुने वहानामा काठमाडोैं आइपुगेका उनी मुलत: आफ्नो कार्यकाल थप्ने च्यानल मिलाउँन नेपाल आएका हुन् ।

मन्त्रीस्तरको राजदूत भएको देखाउन पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) का साथ शक्तिकेन्द्रहरूमा धाइरहेका कार्कीको चारवर्ष कार्यकाल आउँदो वैशाखमा सकिदैछ।

कार्यकाल सकिनु तीन महिनाअघि नै नयाँ राजदूत नियुक्ति पक्रिया थाल्ने परराष्ट्र मन्त्रालयले कार्यविधि बनाएको छ। तर, कार्यकाल सकिन एक महिना पनि बाँकि नभएका कार्कीको ठाउँमा भने नयाँ राजदूत नियुक्तिको प्रकिया नै थालिएको छैन। 

यो प्रक्रिया अवरूद्ध गर्न उनले न्वारानदेखिको बल लगाइरहेका छन्।र, अहिलेसम्म त्यसमा सफलता पनि हात पारेका छन्। केही महिनाअघिसम्मा आफू दोहोरिनेमा ढुक्क रहेका कार्की पछिल्लो समयमा चाँहि आफू चिप्लिन पनि सक्ने सम्भावना देखिरहेका छन्। 

भूकम्पपीडित सहायताको रकम अपचलन गर्नेदेखि, राजदूत निबास र मर्मत र खरिद प्रक्रियामा मुछिएका कार्की आफनो कार्यकालमा कर्मचारी ल्याउँने नाममा एकप्रकारको मानव तस्करी गरेको आरोप पनि खेपिरहेका छन्। उनको कार्यकालमा अमेरिकामा प्रधानमन्त्रीले कालो झण्डा देख्नुपरेको छ भने अमेरिकासँगको सम्बन्धमा पनि दरार आएको छ। 

अटिट्युडको कारण अमेरिकामा रहेका नेपालीसँगको सम्वन्ध पनि सुमधुर बनाउँन नसकेका कार्कीसँग पहिलो चार वर्षे कार्यकालमा गरेका कार्यहरूको देखाउँन लायक सूची नै छैन।

अमेरिकामा रहेका नेपालीहरू उनी दोहोरिनुपर्ने कुनै कारण नै देख्दैनन्। कारण छ भने एउटै कारण उनको पृष्ठभूमी पूर्व एमाले हुनु र वर्तमान राष्ट्रपति भण्डारीको कृपापात्र हुनु मात्र हो ।

कार्की दोहोरिएनन् भने उनी राजदूत निवास मर्मत र खरिद घोटाला प्रकरणमा छानबिनको दायरामा आउँने निश्चित छ। त्यही टार्नका लागि पनि उनी समय बाइङ गर्न चाहन्छन्।अहिले उनी भरसक दोस्रो कार्यकालका लागि नियुक्त हुन र त्यो नसके केही समयका लागि नयाँ राजदूत नियुक्तिको प्रक्रिया अवरोध गरेर घोटालामाथि पर्दा हाल्न चाहन्छन्।

राजदूत कार्की यता नेपालमा शक्तिकेन्द्रहरू धाइरहेको बेला उता अमेरिकाका नेपालीको जनजनको मनमा भने अनेकौ प्रश्नहरू फालिम लागेका छन्- के पूर्वएमाले हुनु नै घोटाला गर्ने लाइसेन्स प्राप्त हुनु हो ? के पूर्वएमाले हुनु नै राजदूतमा दोहोरिने प्रमाणपत्र हो? हैन भने उनी के आधारमा र अब के का लागि दोहोरिने हो?

परदेशमा रहेका उनीहरू सचेत मनले घरदेशको सिंहदरवारबाट यी प्रश्नहरूको उत्तर खोजिरहेका छन्

प्रकाशित मिति: : 2019-04-05 09:15:53

प्रतिकृया दिनुहोस्