एकै अस्पतालका नौ नर्स एकैपटक गर्भवती

फोटो: एजेन्सी

पोर्टल्याण्डको माइन अस्पतालमा काम गर्ने नौजना नर्स एकैपटक गर्भवती भएका छन्। उनीहरूले अप्रिलदेखि जुलाईसम्म बच्चा जन्माउने छन् l अस्पतालले सुत्केरी बिदामा बस्ने अवधिभरका लागि करारमा नर्सको प्रबन्ध गरिसकेको छ। 

संगै काम गर्ने उनीहरूले आपसमा सल्लाह गरेरै आमा बन्ने निधो गरेका थिएl उनीहरुले यौनसम्पर्कको तालिकै बनाएर सल्लाह गर्ने गरेका थिएl 
बिरामीले पनि आफूलाई ख्याल गर्ने नर्सलाई स्वस्थ बच्चा जन्माउनु होला भनेर फूल किनेर दिएको तस्बिर स्थानीय अखबारले छापेको थियो l 

आमा बन्ने कुरा लुकेर हैन मजाले छलफल गरेर बन्ने निर्णय गरियोl नर्सहरुमध्ये धेरैको बिहे भएको छैनl उनीहरू आफ्ना केटा साथीसँग संगै बस्छन्l अमेरिकामा संसारका कतिपय मुलुकमा जस्तो बच्चा जन्माउन बिहे नै गर्नु पर्दैन l बिबाहित महिला सरह उनीहरुलाई सुबिधा हुन्छ।

प्रकाशित मिति: : 2019-03-27 17:51:54

प्रतिकृया दिनुहोस्