अमेरिकामा 'प्रचण्ड' अब सुरक्षित: सरकारले जारी गर्‍यो ‘नो इन्भेष्टिगेशन’ सर्कुलर

हस्पिटल अगाडि तस्बिर खिचाउँदै दाहाल परिवार

अमेरिकामा अब पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को बसाइ सुरक्षित हुनेभएको छ। अमेरिकी सरकारले उनका लागि विशेष आन्तरिक सर्कुलर ‘नो इन्भेष्टिगेशन’ जारी गरेर यस्तो स्थिति सिर्जना गरिदिएको हो।

अमेरिकाको केन्टकी स्टेट युनिभर्सिटीका रिसर्च एशोसियट डा. तिलक श्रेष्ठले प्रचण्डलाई पक्राउ गरियोस् भन्दै उजुरी गरेपछि सरकारले यस्तो सर्कुलर जारी गरेको हो।

प्रचण्डलाई पक्राउ गरियोस् भन्दै उजुरी गर्ने व्यक्ति। तस्बिरः फेसबुकबाट

वासिङ्टन डीसीस्थित नेपालको दूतावासमा कार्यरत एक अधिकारीले यसको पुष्टि गरे। नाम नबताउने शर्तमा उनले भने, 'परराष्ट्र मन्त्रालयले अमेरिकी विदेश विभागलाई त्यस सम्वन्धमा पहिले नै पत्राचार गरेको थियो। नेपालका लागि अमेरिकी राजदूतले त्यसको संयोजन गर्नु भएको हो।' 

के हो नो इन्भेष्टिगेसन लेटर ?

‘नो इन्भेष्टिगेशन’ अमेरिकाले विशेष परिस्थितमा जारी गर्ने आन्तरिक सर्कुलर हो । मुलुकभित्र विवादमा परेका र अमेरिका जाने अन्य यस्ता नेताका नाममा यस्तो सर्कुलर जारी हुने गर्छ। अमेरिका भ्रमणका क्रममा उत्पन्न हुनसक्ने कानुनी झमेला हटाउन यस्तो सर्कुलर जारी गरिन्छ।

यो सर्कुलर जारी गरेपछि अमेरिकी सरकारका कुनै पनि निकायले कारबाही अगाडि बढाउन मिल्दैन।

उनका अनुसार यस्तो सर्कुलर जारी हुने निश्चित भएपछि नै प्रचण्ड श्रीमती सीताको उपचारका लागि अमेरिका भ्रमणमा आएका थिए। 

अमेरिकी राजदूत रेण्डी बेरीले अमेरिका भ्रमणका क्रममा कुनै किसिमको असहज नहुने आश्वासन प्रचण्डलाई उनकै निवासमा पुगेर दिएका थिए।

प्रचण्ड भ्रमणको आवश्यक जानकारी परराष्ट्र मन्त्रालयले आधिकारिक रूपमा अमेरिकी सरकारलाई दिएको थियो। र, वासिङ्टन डीसीस्थित अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीलाई 'विशेष टास्क' नै दिएको थियो।

यो पनि हेर्नुहोस्-

बीएल विश्लेषणः अमेरिकामा प्रचण्डलाई धारे हात लगाउने बेला होइन यो

बीएल फलोअप : प्रचण्डमय भयो अमेरिकाका नेपालीको फेसबुक-भित्ता

प्रकाशित मिति: : 2019-03-19 21:41:49

प्रतिकृया दिनुहोस्