अमेरिकी विदेश मन्त्री पोम्पेओले मध्यपूर्वको भ्रमण गर्ने

तस्बिरः एजेन्सी

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आउँदो साता मध्यपूर्वका देशहरुको भ्रमण गर्ने भएका छन्। क्षेत्रीय तथा सुरक्षासम्बन्धी विषयहरुमा छलफल गर्न उनी कुवेत, लेबनान, इजरायललगायतका देशहरुको भ्रमण गर्न लागेका अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता रोबर्ट पालाडिनोले जारी गरेको वक्तव्यमा अर्को हप्ताको मङ्गलबार पोम्पेओ त्यसतर्फ प्रस्थान गर्ने उल्लेख छ । सबैभन्दा पहिले उनी कुवेत जानु हुनेछ भने त्यसपछि उनी जेरूसेलम र बेरूत पुग्ने कार्यक्रम रहेको छ ।

जेरूसेलममा रहँदा उनले जेरुसेलमलाई नै अमेरिकाले इजरायलको राजधानी मानेको सन्देश स्मरण गराउने भएका छन्। त्यहाँ उनले इजरायल, साइप्रस र ग्रिसका उच्च अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम छ।

विदेशमन्त्री पोम्पेओले उनीहरुसँग ऊर्जा र सुरक्षाका सम्बन्धमा पूर्वी भूमध्यसागर क्षेत्रले भोगिरहेको समस्याका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2019-03-16 14:41:20

प्रतिकृया दिनुहोस्