एनआरएनको तेस्रो ओसिनिया क्षेत्रीय बैठक सिड्नीमा सुरू

एनआरएनको तेस्रो ओसिनिया क्षेत्रीय बैठकको उद्घाटन सत्रका पाहुनाहरू तस्बिरः सरिता ढकाल/बीएल-सिड्नी

गैरआवासीय नेपाली संघको तेस्रो ओसिनिया क्षेत्रीय बैठक सिड्नीमा सुरू भएको छ। दुई दिनसम्म चल्ने बैठकका मुख्य अतिथि नेपालको संघीय सरकारका कानूनमन्त्री भानुभक्त ढकाल र अस्ट्रेलियाको संघीय सरकारका अध्यागमन मन्त्री डेबिड कोल्म्यान रहेका छन्।

एनआरएन अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव बद्री केसीका साथै अन्य विभिन्न देशका एनआरएन प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको छ।

इन्भेस्टमेन्ट, इनोभेसन र टुरिजम’ मूल नारा रहेको बैठकको उद्घाटन सत्र जारी छ। 

'समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि' नारासहित कार्यक्रममा विभिन्न विषयहरुमा दर्जन बढी कार्यपत्रहरु समेत प्रस्तुत गरिनेछ।

 

प्रकाशित मिति: : 2019-05-11 08:16:21

प्रतिकृया दिनुहोस्