अस्ट्रेलियन ५० डलरको नोटमा 'रिस्पोन्सबिलिटी' नै अशुद्ध

अस्ट्रेलियामा सबैभन्दा बढी प्रयोगमा आउँने ५० डलरको नोटमा एउटा गल्ती भेटिएको छ। नोटको पछिल्लो भागमा छापिएको एउटा भनाइको 'रिस्पोन्सबिलिटी' शव्दको हिज्जेमा गल्ती भेटिएको हो।

यस्तो गल्ती गत वर्षको उत्तरार्द्धमा अस्ट्रेलियाको पहिलो महिला सांसद इडिथ कावनको तस्बिर छापिएको नोटमा भएको हो। 

नोटको अघिल्लो भागमा कावनको तस्बिर र पछिल्लो भागमा उनले संसदमा गरेको पहिलो सम्बोधनको एक अंश धेरैपटक छापिएको छ। त्यही अंशमा प्रयोग भएको 'रिस्पोन्सबिलिटी' मा एल र टी बीचको आई छुटेको छ। 

करोडौंको संख्यामा छापिएको नोटमा भएको गल्तीका लागि रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले क्षमायाचना गर्दै पुन: मुद्रण गर्दा सच्याइने बताइएको छ।बैङकका एक अधिकारीले यो सामान्य गल्ती सच्याउने नाममा बजारमा गएको नाोट फिर्ता लिँदा ठूलो नोक्सानी हुने र त्यसको भार अष्ट्रेलिया जनतामाथि पर्ने भएकाले नोट फिर्ता नगर्ने निर्णय गरिएको बताए। 

 

प्रकाशित मिति: : 2019-05-11 02:35:48

प्रतिकृया दिनुहोस्