अष्ट्रेलियामा नेपाली विद्यार्थी घटाउनकै लागि नयाँ अध्यागमन नीति

अष्ट्रेलियामा तेस्रो धेरै विदेशी विद्यार्थी संख्या भएको नेपाली विद्यार्थीलाई लक्षित गरी अष्ट्रेलियाले नयाँ अध्यागमन निमय लागु गरेको छ। 

मे १ देखि लागु भएको नियमअनुसार प्राविधिक शिक्षा अध्ययन गर्न आउने नेपाली विद्यार्थीले अंग्रेजी भाषा तथा आफ्नो आर्थिक क्षमताको सबै विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने भएको छ। यसअघि यस्ता विवरण शैक्षिक संस्थाले मात्र हेर्ने गरेकोमा अब अध्यागमनले नै हेर्ने भएको छ। 

यो प्रावधान प्राविधिक शिक्षाअन्तर्गत एडभान्स डिप्लोमा, डिप्लोमा, विभिन्न विषयका सर्टिफिकेट तीन र चार लगायतका प्राविधिक तहका विषय अध्ययन गर्न आउने नेपाली विद्यार्थीका लागि लागु हुने छ। अधिकांश नेपाली विद्यार्थी नर्सिङ, एकाउन्टिङ, बिजनेस लगायतका प्राविधिक डिप्लोमा अध्ययनकै लागि आउने अष्ट्रलिया आउने गरेका छन्।  

नयाँ नियम लागु भएपछि नेपाली विद्यार्थीको भिषा अस्वीकृति दर बढ्ने र अष्ट्रेदिया पढ्न आउनेको संख्यामा ठुलो ह्रास आउने विज्ञहरू बताउँछन्। नेपालबाट पर्यटक भिषामा आएर विद्यार्थीका रुपमा बस्न चाहनेका लागि नयाँ नियमले गाह्रो बनाउने उनीहरूको ठम्याइ छ।

जनसंख्याका हिसाबले नेपाल विश्वको ४७औं देश भएपनि अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीको संख्यामा तेस्रो रहेको छ। यो संख्यालाई  िनरूत्साहित गर्न अष्ट्रेदियाले नयाँ नियम ल्याएको अनुमान गरिदैछ। 

 

प्रकाशित मिति: : 2019-05-03 06:17:54

प्रतिकृया दिनुहोस्