युक्रेनबाट ट्रम्पलाई आहत, बाइडेनलाई राहत

बाइडेनलाई राहत । तस्बिर : एजेन्सी

'युक्रेनको कानून अनुसार जो बाइडेन या हन्टर बाइडेनका सम्बन्धमा अनुसन्धान गर्नुपर्ने कुनै कारण देख्दिन ।' 

यो भनाइ हो, युक्रेनका पूर्वमहाअभियोजनकर्ता युरी लुत्सेन्कोको । उनले बीबीसीसँग कुरा गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले अगाडि भनेका छन्- 'उनीहरुका सम्बन्धमा अनुसन्धान गर्नु पर्ने भए अमेरिकामै अमेरिकाले नै गर्नुपर्ने ॆहुन्छ ।'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी जेलेन्स्कीबिच जुलाई २५ मा भएको टेलिफोन संवादमा राष्ट्रपति ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनावका उनका सम्भावित प्रतिद्वन्दी जो बाइडेनमाथि  भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएका थिए । उनीहरूबीचको सम्वादको ट्रान्स्क्रीप्ट सार्वजनिक भएपछि यो तथ्य उजागर भएको छ ।

यही विषयलाई लिएर ट्रम्पमाथिअमेरिकी तल्लो सदनमा महाअभियोगको अनुसन्धान सुरू भएको छ । 

बीबीसीसँगको कुराकानीमा युरीले ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीसँग भेट भएको स्वीकार गर्दै भेटमा रुडीले बाइडेनमाथि अनुसन्धान गर्न आफूसँग आग्रह गरेको पनि बताए ।

उनले रुडीलाई पनि बाइडेनविरुद्ध युक्रेनमा अनुसन्धान गर्नु पर्ने कुनै कारण नभएको बताएको खुलासा गरेका छन् ।  ।’

युरी लुत्सेन्को गएको महिना युक्रेनका महाअभियोजनकर्ता पदबाट हटेका हुन् ।

प्रकाशित मिति: : 2019-09-30 09:33:00

प्रतिकृया दिनुहोस्