एनआरएन यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी

फाइल तस्बिर

गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन् ।प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनमले जित निकालेकी हुन् । बेलायतमा अध्यक्ष जित्ने पुनम पहिलो महिला हुन् ।

आइतबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार पुनमले ४ हजार ५५१ मत प्राप्त गरेर अध्यक्ष जित्दा सुनार ४ हजार ३४८ मतमा रोकिए ।एनआरएन युकेको महासचिवमा पनि पुनम प्यानलकै फणिन्द्र भट्टराई फराकिलो मतान्तरमा निर्वाचित भएका छन् । महासचिवमा फडिन्द्रले ३९७५ , सचिवमा जित रानाभाट ३२०९ र काशलेश्वर ढकाल ३२१३ मतका साथ विजयी भए । महिला सचिवमा रन्जिता मल्लले ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सहकोषाध्यक्ष सकुन्तला गुरुङ ३९३६ मतसहित विजयी भए । त्यसैगरी, युवा संयोजकमा नविन गुरुङ४३६८ र महिला संयोजकमा प्रसुना कँडेल ३३८५ मतसहित विजयी भए ।

 त्यसैगरी, उपाध्यक्षमा प्रेम गाहा ३५५९ र सुनिलबाबु खड्का २७५७ मतका साथ विजयी भए । महिला उपाध्यक्षमा रोजिना प्रधान राईले ४४४४ मतसहित विजयी भए । यस्तै, स्कटल्याण्डबाट उपाधयक्षमा मोहन कार्कीले जितहासिल गरे ।

सदस्यहरुमा सरस्वत केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कँडेल ३३९९, कोपिला बनेम ३२३०, लालबहादुर गुरुङ ३०३४, कृष्णप्रसाद खरेल २८२९, डा. सुनिलकुमार शाह, ३०९३, हेमबहादुर लिम्बु ३२१९, चन्द्रकला लिम्बु, ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आलेमगर २६६६ मतका साथ विजयी भएका छन् ।

एनआरएन आईसीसी सदस्यमा बेलायतबाट लिलादेवी गुरुङ, सुशीला राई, योगकुमार फगामी, दयानिधी सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

 

 

प्रकाशित मिति: : 2019-09-22 11:15:33

प्रतिकृया दिनुहोस्